अनिश्चित बनेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाले गति लिँदै, एक साता भित्रै नयाँ नेतृत्व आउने

अनिश्चित बनेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाले गति लिँदै, एक साता भित्रै नयाँ नेतृत्व आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया एक साताभित्रै टुंगोमा पुग्ने भएको छ । कानून अनुसार प्रक्रिया अघि बढे पनि विभिन्न स्वार्थ समूहको चलखेलका कारण अन्तिम समयमा आएर नियुक्ति रोकिने गरेको थियो ।

१५ दिनको समय दिएर फागुनमै अध्यक्ष छनौंट तथा सिफारिस समितिले आवेदन मागेर चैतमा पाँच जनाको नाम सूचीकरण गरेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको समितिले सूचीकरणमा परेका पाँच जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको माध्यमबाट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो तर अहिलेसम्म यो काम भएको थिएन् ।

नेपाल स्टक एक्सचेञ्चका प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष भइसकेका चिरञ्जिवी चापागाई, डा. नवराज अधिकारी,मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष हुने दौडमा छन् ।

पाँच जनाको नाम प्रकाशित भएपनि अन्तर्वार्ता तथा प्रस्तुतीकरण नहुँदा अध्यक्ष नियुक्तीको प्रक्रियामा ढिलाइ भइरहेको छ । स्रोतका अनुसार यो प्रक्रिया ढिला हुनुको पछाडि अर्थमन्त्री वर्षमान पुनकै पनि यो छनौट प्रक्रियामा अनिच्छा रहेको बताइन्छ । छनौट समितिमा अर्थ सचिव पनि सदस्य हुन्छन्। मन्त्री पुन अनिच्छुक हुनुको मुख्य कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन र आफ्नो रोजाइमा तालमेल नमिल्नु पनि हो ।

अर्थमन्त्रीसंग व्यवसायी चन्द्र ढकाल र उपेन्द्र महतो निकट छन् । उनिहरुले भनेको व्यक्तिलाई बोर्डमा अध्यक्ष बनाउन पुनको प्रयास भएपनि त्यसमा लाग्दा उनि आफै अफ्ठेरोमा परेको स्रोतको दावी छ ।

मुख्य सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको छलफलबाट प्रधानमन्त्रीले अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढाए पनि बालुवाटरको निर्देशन र आफ्नो स्वार्थ फरक भएपछि उनले इच्छा देखाएका थिएनन् । अध्यक्ष नियुक्तीमा यति धेरै ढिलाइ र स्वार्थ बाझिनुका पछाडिको मुख्य कारण भनेको धितोपत्र बोर्डले दिने भनिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रहेको छ ।

यसअघिका अध्यक्ष रमेश हमालको कार्यकालमा नयाँ लाइसेन्स दिनका लागि प्रक्रिया धेरै अघि बढेको थियो तर त्यतिबेला उक्त काम सम्पन्न भएन । सोही प्रक्रियामा भाग लिएका वा लाइसेन्सका दाबेदारबीच आफु निकट व्यक्ति ल्याउन भएको प्रतिस्पर्धाका कारण नियुक्तिमा ढिलाइ भएको हो ।

नयाँ लाइसेन्सका लागि शंकर समूहसहित दिपक भट्ट, चन्द्र ढकाल र उपेन्द्र महतोको समूह प्रमुख दाबेदार देखिएका छन् । भट्ट समुहले नयां स्टक एक्सचेञ्जको लागि लामो समयदेखि तयारी गरिरहेको छ ।

नयां स्टक एक्सचेञ्जको लाइसेन्स कुनै पनि हालतमा हात पार्ने र त्यसका लागि अध्यक्ष आफु अनुकुल व्यक्ति हुनुपर्ने दुबै पक्षको लविङ छ । अहिलेको छनौंट प्रक्रियाबाट जाँदा आफु निकटलाई बोर्ड अध्यक्षमा नियुक्त गर्न राजनीतिक नेतृत्वलाई कठिन हुने बुझाइ ढकाल÷महतो समूहलाई सुरूदेखि नै थियो।

यो समूहका आज्ञाकारी दुईजना सूचीकरणमा परेका छन् । नेप्सेका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जीबी चापागाईं दुवै व्यवसायीको रोजाइमा परेका हुन् । चापागांईलाई त बिमा समितिमा ढकालले नै लगेका थिए ।

यी दुबै पात्र परीक्षणमात्र होइन असफल र विवादित पनि भएकाले धितोपत्रमा स्वीकार्यता नहुने उनीहरूको बुझाइ रहेको थियो । यही कारणले गर्दा सकेसम्म अहिलेको प्रक्रिया रोक्ने नभए पनि दुईमध्ये एकलाई नियुक्ति दिलाउन उनिहरु दौडधुप गरिरहेका छन् । यही स्वार्थका पछि अर्थमन्त्री पुन लागेको स्रोतको दावी छ । उनले शिर्ष नेतृत्वलाई नै भ्रममा पारेपछि अहिले गठबन्धनमै समस्या भएको हो ।

व्यवसायी उपेन्द्र महतो र ढकालको स्वार्थले धितोपत्रको अध्यक्ष नियुक्तिमा बिलम्ब भएको थाहा पाएपछि एमाले अध्यक्ष ओलीले चांसो दिएर नरोक्न र प्रक्रिया अघि बढाउन भनिसकेका छन्। ओलीले प्रधानमन्त्रीसँग कुरा गरेपछि प्रधानमन्त्रीले अर्थसचिव तथा योजना आयोगका उपाध्यक्षलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। सो छलफलपछि भने अर्थमन्त्री पुन दबावमा परेका छन् । उनले बालकोट पुगेर नै एमाले अध्यक्ष ओलीसंग भेटवार्ता गरिसकेका छन् ।

आइतबार नै समितिको बैठक बसेर दाबेदारको प्रस्तुती तथा अन्तर्वार्ताको तालिका प्रकाशन गर्ने सकेसम्म यही हप्ताभित्र नियुक्त गरिसक्ने तयारी भइरहेको छ ।

‘आज बोर्ड बैठक बस्ने र नाम सिफारिस गर्ने र सोमबार अन्र्तवार्ता सकेर यहि साताको मन्त्रिपरिषद बैठकबाट पारित गर्ने तयारी भएको छ । त्यसका लागि सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच एक खालको सहमति भइसकेको छ ।’ स्रोतले भन्यो ।

यदि नयाँ अध्यक्ष आफ्नो अनुकूल नआएमा पूरानै प्रक्रियालाई अघि बढाएर नयाँ स्टकको लाइसेन्स दिएमा कुनै पनि हालतमा शंकर समूहको हातमा पुग्ने ढकाल\महतो समूहलाई परेको छ । यसअघि हमालको पालामा विभिन्न शक्तिकेन्द्र तथा कांग्रेसकै केही नेतालाई उचालेर रोक्न सफल भएपनि अब भने रोक्न कठिन हुने उनीहरूले बुझेका छन्।

अहिलेको अवस्थामा सन्तोषनारायण श्रेष्ठको धितोपत्र बोर्डमा आउने सम्भावना बढेर गएको छ ।

धितोपत्रमा सक्रिय रहेका कारोबारीहरूले पहिलेदेखि नै मागिरहेको नयाँ स्टक पछिल्लो समय सरकारले गठन गरेको अध्ययन समितिले पनि नयाँ लाइसेन्स दिनुपर्ने सिफारिस गरेको छ । अदालतको आदेश पनि अनुकूल भएको र अध्ययनले पनि नयाँ लाइसेन्सलाई सिफारिस गरेपछि अब रोक्ने कुनै पनि बहाना बाँकी नरहेको उनीहरूको बुझाइ छ।