आईपीएलमा चेन्नईले राजस्थानलाई हरायो

आईपीएलमा चेन्नईले राजस्थानलाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको ‘डबल हेडर’ को पहिलो खेलमा चेन्नई सुपर किंग्सले अंक तालिकामा दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।

घरेलु समर्थकमाझ राजस्थानलाई हराएसँगै चेन्नई १३ खेलबाट १४ अंक बनाएर तेस्रो स्थानमा रहेको छ। जारी लिगमा कोलकाता १२ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट हुँदा बाँकी तीन टिम प्लेअफका लागि ७ टिम प्रतिस्पर्धामा रहेका छन्।

आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा उक्त लक्ष्य चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

अब चेन्नईले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ। आजको दोस्रो खेलमा दिल्लीलाई पराजित गरेमा बैंगलोरको सम्भावना पनि कायम रहने छ।