काठमाण्डु – गृहमन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरुलाई डीआईजीमा बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले आजै बढुवा समितिको बैठक राखेर डीआईजीहरुको बढुवा गर्ने तयारी गरेको हो शक्तिकेन्द्रहरुको दबावका कारण डीआईजी बढुवा रोकिएको थियो ।
प्रहरीमा अहिले चार प्रहरी नायब महानिरीक्षकको पद रिक्त छ । बढुवाका लागि अहिलेको प्रहरी महानिरीक्षक वसन्त कुवरसंगै सेवा प्रवेश गरेका अधिकृतहरु प्रतिस्पर्धामा छन् । तर, गृहमन्त्री रवि लामिछानेले भने २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका अधिकारीहरुलाई बढुवा गर्न खोेजेका छन् ।
उनले भुटानी शरणार्थी काण्डको अनुसन्धान गरेका एसएसपी मनोज केसीलाई एक नम्बरमा बढुवा गर्न लागेको स्रोतले बतायो । त्यसपछि दान कार्कीलाई ल्याउने तयारी छ । कार्की यसअघि काठमाण्डौं परिसरको प्रमुख थिए । उनिहरुकै ब्याचका एसएसपी राजन अधिकारी समेत डीआईजीमा बढुवा हुनेछन् । पुनारो व्याचबाट भने एसएसपी कृष्णहरि शर्मा पोखरेललाई बढुवा गर्न लागिएको गृह स्रोतले बतायो ।
बढुवाको सूचीमा एसएसपीहरू भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द, कृष्णहरि शर्मा पोखरेल, सिद्धिविक्रम शाह,सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी छन् । यसमा शाह राठौर र चतुर्वेदी राष्ट्रिय अनुसन्धान विभागबाट आएका प्रहरी अधिकारी हुन् ।




प्रतिक्रिया