अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – जिल्लाको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ३१० मिलिग्रामसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छादारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।