सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप,गोली लागेर एक जनाको मृत्यु

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप,गोली लागेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको ज्यान गएको छ । सर्लाहीको रामनगर–४ का ६२ वर्षीय रामविालास महतोको ज्यान गएको हो।

रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सामेबार एक समूहले आक्रमण गरेको थियो। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५-२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताएका थिए।

आक्रमणबाट वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित उनीमाथि कम्युनिस्ट कार्यकर्ताले आक्रमण गरेको बताइएको थियो। सोही विषयमा आज नेकपा र कांग्रेसका कार्यकताबीच झडप हुँदा गोली चलेको हो ।