कुटपिट प्रकरणका २ जना फरार प्रतिवादी पक्राउ

कुटपिट प्रकरणका २ जना फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुटपिट अंगभंग सम्बन्धी कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई ललितपुरको इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–७ भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन् ।

उनीहरूले काठमाण्डुको कोटेश्वरस्थित केएलसी क्लब अगाडि २०८० फागुन १७ गते एक जना पुरूषलाई अंगभंग हुने गरी कुटपिट गरी घटनापश्चात फरार रहेकोमा ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।