१२ सय रूपैयाँले घट्यो सुनको मूल्य

१२ सय रूपैयाँले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य आज तोलामा एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको जानकारी दिएको छ ।

तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ छ ।