कोशी प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने

कोशी प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशसभाको बैठक नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ । आज दिउँसो १ बजे बस्न लागेको कोशी प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको छ । ३१ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिएको बैठकमा पनि कांग्रेस अनुपस्थित भएको थियो ।

कोशी प्रदेशको सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । सरकार गठन गर्दा बहुमत पुर्याउन सभामुखलाई पनि गणना गरेको भन्दै कांग्रेस सर्वोच्च पुगेको हो ।