संसदमा प्रतिपक्षलाई नियन्त्रणमा राख्नु राम्रो होइनः गगन थापा

संसदमा प्रतिपक्षलाई नियन्त्रणमा राख्नु राम्रो होइनः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिपक्षलाई संसदमा नियन्त्रणमा राख्नु राम्रो नरहेको बताएका छन् ।

आइतबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताएका हुन् ।

उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । ‘यो गठजोड सत्ताको निरंकुशताउन्मुख रवैया छ । अनुदारवादी रवैया छ । अब सबैले बोल्ने बेला आयो । उहाँहरुलाई ठीक ठाउँमा उभ्याउने बेला आयो । हामी आज यसको विरोधमा सडकमा प्रदर्शन गर्न निस्किएका छौं । यो कुनै व्यक्तिसँग जोडिएको विषय होइन । प्रेससँग जोडिएका साथीहरुले यसको गहिराइलाई बुझ्नुपर्छ ।’, उनले भने ।