सामान्य प्रशासन मन्त्रालयअगाडि कर्मचारीले दिनदिनै धर्ना दिन थालेपछि सुरक्षा कडा

सामान्य प्रशासन मन्त्रालयअगाडि कर्मचारीले दिनदिनै धर्ना दिन थालेपछि सुरक्षा कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि सुरक्षा व्यवस्था कडा गरिएको छ।

मन्त्रालय परिसरअगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ।
विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै तीन दिनदेखि धर्ना दिँदै आएका छन्।

संघीय संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिन थालेपछि सुरक्षाकर्मीले कडाइ गरेको हो।