काठमाण्डु- नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको मृत्यु भएसँगै दुर्घटना परि मृत्यु हुनेको संख्या २ पुगेको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका सुवेदी ट्रक चालक हुन् । यसअघि १७ वर्षीय किशोरको मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा २२ जना घाइते भएका छन् जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गए राति काठमाण्डुबाट प्युठानतर्फ जाँदै गरेको बस, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको बस र वीरगन्जबाट काठमाण्डु आउँदै गरेको बस एकै ठाँउमा ठोक्किएका थिए ।




प्रतिक्रिया