काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुने भएको छ ।
मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दाएर गरेका थिए ।
उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ। जवाफी बहस सकेपछि सर्वोच्चले आजै फैसला सुनाउने छ ।
६० सदस्य प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग पाण्डेले गरेका छन् ।




प्रतिक्रिया