लिङ्देनले फिर्ता लिए ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्नेमाथिको कारबाही !

लिङ्देनले फिर्ता लिए ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्नेमाथिको कारबाही !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै कारबाही गरिएका तीन नेताको कारबाही राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फिर्ता लिएका छन् ।

अध्यक्ष लिङ्देनले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने निर्णय फिर्ता लिएका हुन् । पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले तीनै जनालाई चार वर्षका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

अध्यक्षको निर्णय गलत भएको भन्दै पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले तीव्र आलोचना गरेका थिए । पार्टीभित्र तीव्र मतान्तर हुँदै आएको अवस्थामा हाल आएर भने समस्या नै समाधानतिर पुगेकाले निर्णय फिर्ता लिन लिङ्देन तयार भएका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैकठकमा कुटपिटको घटनासम्बन्धी विषय समाधान भएकाले तीनै जनाको निलम्बन फिर्ता लिने सहमति बनेको गुरुङले बताए ।

कारबाही फिर्ताको विषय केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी छ । राप्रपाको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार सम्पन्न हुँदैछ ।

फागुन २७ गते उपाध्यक्ष बिक्रम पाण्डेसँग भएको विवादपछि नेता श्रेष्ठमाथि पार्टी कार्यालयमा कुटपिट भएको थियो । यसपश्चात राप्रपाले घटनामा संलग्न भएको भन्दै बलायर, राणा र बमलाई चार वर्षको लागि निलम्बन गर्दै मुद्दा चलाउने निर्णय गरेको थियो ।

तीन जनासहित उपाध्यक्ष विक्रम पाण्डे उपर समेत ज्यान मार्ने उद्योगको उजुरी दायर गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै महान्यायधिवक्ताको कार्यालयले मुद्दा दर्ता नगरी फिर्ता पठाएको थियो ।

कानुनी प्रक्रियाबाट आरोपित तीन युवा मुक्त भएपनि राप्रपाले निलम्बन फिर्ता लिएको थिएन । यहीबीचमा कार्य सम्पादन समितिको ९५ प्रतिशतले निलम्बन फिर्ता लिनुपर्छ भने पनि लिङ्देनले करिव तीन महिना आलटाल गरे पनि अहिले सहमतिमा आएको नेताहरु बताउँछन् ।