एमालेविरुद्ध लगाएको आधारहीन आरोपको कांग्रेसले लिखित माफी माग्नुपर्छः विष्णु पौडेल

एमालेविरुद्ध लगाएको आधारहीन आरोपको कांग्रेसले लिखित माफी माग्नुपर्छः विष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताएका छन् । बालुवाटारमा नेपाली कांग्रेससँगको छलफलपछि उपाध्यक्ष पौडेलले संञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ कांग्रेस सहमतिको पक्षमा नरहेको बताएका हुन् ।

सदनको गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डले आज बालुवाटारमा सत्ता पक्ष र प्रतिपक्षी दलसँग छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले गरेको छलफल निष्कर्ष विहीन भएपछि पौडेलले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको पछिल्ला घटनाक्रमहरूले स्पष्ट पारेको बताए ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ’, उनले भने ।

त्यस्तै उनले नेपाली कांग्रेसका नेताहरुले एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाएको दाबी गरे । उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए।

‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’, पौडेलले भने ।