परशुराम नगरपालिकामा हावाहुरीले ठुलो क्षति

परशुराम नगरपालिकामा हावाहुरीले ठुलो क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हावाहुरीले डडेल्धुराका अधिकांश घरधुरीमा क्षति पुगेको छ ।

आइतवार राति ९ बजे तीव्रगतिमा आएको हावाहुरीले डडेल्धुराको परशुराम नगरपालिकाको विभिन्न स्थानमा ठूलो परिणाममा भौतिक क्षति भएको हाे ।

जसअनुसार परशुराम नगरपालिका-७ मा पनि हावाहुरीले थुप्रै घरहरुमा क्षती पुर्‍याएको स्थानीय युवा भुपेन्द्र धामीले बताए ।

धामीका अनुसार क्षति पुगेको घर संख्याको विवरण संकलन भइरहेको छ । सादनीमा रहेका करिव ३० घरका छाना उडाएको छ भने अन्य घरमा पुगेकाे क्षतिकाे विवरण संकलन भइरहेकाे छ।

हुरीले घरका छाना उडाउनुका साथै भित्ताहरु ढलेको उनले जनाए । साथै विद्यालयका छाना पनि उडाएको छ ।  त्यस्तै हिजो रातिदेखि परशुराम नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ । १६ घण्टा बितिसक्दासमेत वडा न.६,७ र ८ मा विद्युत सेवा सुचारु नभएपछि गर्मीले जनजिवन प्रभावित भएको छ ।