गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा  बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।

आइतवार साम्दोमा बिओपी स्थापना गरेसँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।

नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायत कार्यहरु गर्ने जनाइएको छ।

समुन्द्री सतहतबाट करीव ३ हजार ८ सय ७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ ।