काठमाण्डु- सुक्खा पहिरोका कारणकालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखि बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको हो ।
बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बरलवाको भिरमा गत राति पहिरो खसेको थियो ।
पहिरोले बागलुङ-गृल्मी खण्डअन्तर्गत मालढुङ्गा-अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुल्न एक साता लाग्ने जनाइएको छ ।




प्रतिक्रिया