काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीन भ्रमणमा नजाने भएका छन् । यसै साता हुन लागेको चीन भ्रमण माधव नेपालले अन्तिम समयमा आएर रद्द गरेका हुन् ।
अध्यक्ष नेपालले भ्रमण नगर्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्नेछन् ।
हमाल नेतृत्वको टोलीले चारदिन चीन यात्रामा रहँदा छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
आगामी बिहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो ।




प्रतिक्रिया