बबई क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

बबई क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया–बर्दियाको गुलरिया नगरपालिका–४ मा रहेको बबई बहुमुखी क्याम्पसमा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना भएको छ ।

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
क्याम्पसमा आयोजित कार्यक्रममा डा. अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् ।

त्यस अवसरमा उनले बर्दियाका जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई यस कोषले अध्ययन गर्न सहज हुने विश्वास व्यक्त गरे । क्याम्पसका प्रमुख वीरेन्द्रराज लम्सालले विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रारम्भ गरिएको अक्षय कोषको रकममा प्राप्त हुने बैंक व्याजबाट प्रत्येक वर्ष पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । यस अघि डा.अहिराजले सप्तरीको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा पनि छात्रवृत्ति कोष स्थापना गरिसकेका छन् ।