कान्तिपुरका अध्यक्ष सिरोहिया एम्बुलेन्स चढेर अदालतमा हाजिर

कान्तिपुरका अध्यक्ष सिरोहिया एम्बुलेन्स चढेर अदालतमा हाजिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रहरी हिरासतमा रहेका बेला अस्पताल भर्ना भएका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्स चढेर जिल्ला अदालत धनुषामा हाजिर भएका छन् ।

स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरी हिरासतबाट निस्किएर जनकपुरस्थित काब्या अस्पताल भर्ना भएका उनी सोमबार दिउँसो एम्बुलेन्स चढेर अदालत पुगेका छन् ।

प्रहरीले सिरोहियालाई हिरासतमा राख्न दोस्रोपटक थपेको म्याद आईतबार सकिएको छ । तेस्रोपटक हिरासतमा राख्ने म्याद थपका लागि प्रहरीले उनलाई सोमबार अदालतमा हाजिर गराएको छ । सिरोहिया एम्बुलेन्स चढेर अदालत पुगेका छन् ।

नागरिकता सम्बन्धी कसूरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई प्रहरीले हिरासतमा राखेको छ ।