चन्द्रपुरका तत्कालीन मेयरसहित ४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

चन्द्रपुरका तत्कालीन मेयरसहित ४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजस्व हिनामिना गरेको आरोप लागेका रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) रामचन्द्र चौधरीसहित ४ जनालाई विशेष अदालत काठमाण्डुले दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले ४ जनालाई दोषी ठहर गर्दै बिगोको दोब्बर जरिवाना र ४ वर्ष कैद सजाय गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर चौधरी सहितका आरोपीहरूले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित ढंगले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको अख्तियारको ठहर थियो ।

विशेषले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३९६ रुपैयाँको दामासाही बिगो बराबर जरिवाना हुने ठहर गरेको छ । विशेषले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार ४ वर्ष कैद सजाय गरेको छ ।

अदालतले रामविनोद राउत वरैलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । अर्का प्रतिवादी कृष्णप्रसाद सिग्देललाई बिगो २८ लाख २२ हजार बिगो र ५६ लाख ४४ हजार ११ रुपैयाँ जरिवाना हुने र त्यसको दामासाही २८ लाख २२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने फैसलामा गरिएको छ ।

प्रतिवादी राम विनोद राउतलाई ४ वर्ष कैद र २८ लाख २२ हजार बिगो र जरिवाना हुने फैसलामा गरिएको छ ।

चाँदी नदीको नदीजन्य पदार्थ बिक्री सम्बन्धी सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी १७ लाख ६८ हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असूल गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।