एकीकृत समाजवादीको सचिवालय बैठकबाट इन्चार्ज हेरफेरसहित यी ५ निर्णय

एकीकृत समाजवादीको सचिवालय बैठकबाट इन्चार्ज हेरफेरसहित यी ५ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले जिल्ला इन्चार्ज हेरफेरसहित ५ निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको ८३औं सचिवालय बैठकले पार्टीको मुस्ताङ जिल्ला कमिटी इन्चार्जमा कृष्ण नेपाली र स्याङ्जाको इन्चार्जमा अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेका दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

संंसद्को गतिरोध अन्त्य गर्न संवादबारे पनि सचिवालय बैठकमा छलफल भएको छ ।

असार १६–२० गतेसम्म हुन लागेको पार्टीको दशौं महाधिवेशनको प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने जनाइएको छ ।

पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा ७ जना नेताको टोली बुधबार चीन प्रस्थान गर्न लागेकाले भ्रमण स्वीकृत गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।