मधेशका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

‘मैले अहिलेसम्म इमान्दारी र निष्पक्ष रूपमा काम गर्दै आएको छु । जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने दिन तय भएको प्रस्ताव रहेको छ,’ उनले भने ।

मुख्यमन्त्री यादवले कानूनअनुसार नै सरकारले स्थानीय तहलाई सशर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने बताए । उनले पालिकाहरूले सशर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानूनअनुसार नै पैसा पठाइने बताए ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा १० दल सहभागी छन् । सरकार गठन गर्न प्रदेश सभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन् ।

सोमबार मुख्यमन्त्री यादवलाई एमाले, जनमत पाटी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय जसपा नेपालको विभाजनले मधेश प्रदेशको सरकार अल्पमतमा परेको जनाइएको छ ।