कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

सोमबार अदालतमा पेश गरिएका सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

सोमबार थुनामा राख्न तेस्रोपटक म्याद थप गरिएको छ ।

नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहिया प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका थिए । सोमबार उनी एम्बुलेन्समा अदालत गएका थिए ।