काठमाण्डु – मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–२ छाप घर भई काठमाण्डुको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाण्डुको कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
धर्मेन्द्र राईले टोखा नगरपालिका–१० महादेवटारबाट बागमती प्रदेश–०२–०३२ प ९५७१ नम्बरको मोटरसाइकल हराएको भनि काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएपश्चात कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी लु७८प ६७५८ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी रविन्द्रलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा मोटरसाइकल रविन्द्रले कृष्णबाट लिएको भन्ने खुल्न आएपछि काठमाण्डु कपनबाट कृष्णलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया