कांग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशमा के छ ?

कांग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशमा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सोमवार सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने भन्दै सर्वोच्चले उनले पाएको ३० मतले विश्वासको मत नपुग्ने ठहर गरेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि पाण्डेले वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । आज सर्वोच्चले रिट निवेदन सुरेन्द्र पाण्डेको पक्षमा फैसला सुनाएको छ ।

साथै सर्वोच्चको यो आदेशपछि पाण्डे मुख्यमन्त्री हुने भएका छन् । उनले पनि अव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । विश्वासको मत लिन नसके पदमुक्त हुने छन् । गण्डकीमा यसअघि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

यस्तो छ पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेश