काठमाण्डु – गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको घोषणा गरेका छन् ।
गण्तन्त्र दिवसको दिन आज सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेले महिनावारी भएमा महिला ट्राफिकले गर्ने ड्युटी मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने गरी मिलाइएको उल्लेख गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै मन्त्री लामिछानेले लेखेका छन्, अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’





प्रतिक्रिया