काठमाण्डु – बजेट पेस गर्ने संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) दुई घन्टा पछि सारिएको छ । सरकारको आग्रहमा संसद् सचिवालयले दुई घण्टा पर सारेको हो।
बजेट वक्तव्य पेस गर्नका लागि पहिला संयुक्त सदनको बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको थियो । अब तीन बजे बजेट पेस गर्ने बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घन्टा पछि सारिएको हो ।
बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक भने दिउँसो २ बजे बोलाइएको छ।
सरकारले मंगलबार आर्थिक वर्ष २०८१\०८२को बजेट सार्वजनिक गर्दैछ। सरकारले आगामी आर्थिक वर्षका लागि करिब १९ खर्बको बजेट ल्याउँदैछ।




प्रतिक्रिया