सहकारी प्रकरणमा सत्ता पक्ष र कांग्रेसबीच सहमति जुट्यो, कार्यादेशलाई अन्तिम रूप दिन बैठक जारी

सहकारी प्रकरणमा सत्ता पक्ष र कांग्रेसबीच सहमति जुट्यो, कार्यादेशलाई अन्तिम रूप दिन बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले सहकारी ठगीबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । मंगलबार कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

यससँगै सत्ता पक्षसँग नेपाली कांग्रेसको सहमति भइसकेको छ । सहकारी ठगीबारे छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेशलाई अन्तिमरुप दिन कार्यदलको बैठक बसिरहेको छ ।

सोमबार बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै कार्यादेशलाई आज अन्तिम रूप दिन लागिएको हो । कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउने छन् ।