काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति घोषणा गर्ने तयारी भएको छ ।
केहीबेरमा प्रतिनिधिसभा बैठक बसेर समिति घोषणा गरिनेछ । प्रतिनिधिसभा बैठकअघि सहमति जुटाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।
सभामुख देवराज घिमिरेले बैठकमा सहमति जुटाएपछि प्रतिनिधिसभा बैठक सुरु हुनेछ । छानबिन समिति गठनमा सहमति जुटेपछि मंगलबार प्रतिनिधिसभा बैठकमा बजेट प्रस्तुत भइसकेको छ ।




प्रतिक्रिया