सहकारी ठगी प्रकरणमा सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति घोषणा

सहकारी ठगी प्रकरणमा सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाले नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको मागअनुसार छानबिन समिति गठन गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम घोषणा गरेका छन् ।

सांसद थापा सभापति रहेको समितिमा नेपाली कांग्रेसका तर्फबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेको तर्फबाट थापा र सरिता भुसाल, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, राप्रपाका ध्रुबबहादुर प्रधान र रास्वपाका शिशिर खनाल सदस्य छन् ।

समितिलाई ३ महिनाको समय तोकिएको सभामुख घिमिरेले जनाएका छन् । समितिले विभिन्न २९ वटा सहकारीबारे छानबिन गरेर प्रतिवेदन दिनेछ ।