गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख  भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गण्डकी प्रदेशका कांग्रेस सांसद दोर्ण कुँवरले पाण्डे केही बेर अघिमात्रै मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई बदर गर्दै सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री बनाउन मरमादेश जारी गरेको हो ।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको थियो ।

दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा आज पाण्डे चौथो मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।