काठमाण्डु – नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानअन्तर्गत बुधबार सगरमाथा हिमालबाट २ शव संकलन गरेर काठमाण्डु ल्याइएको छ ।
सेनाले गत चैत्र २९ गतेबाट सफा हिमाल अभियान सञ्चालन गरेको थियो ।
अभियानको टोलीले सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मिटर) र ल्होत्से क्याम्प–आईभी ईलाका (७९०० मिटर) मा रहेको २ वटा मानव शवलाई बुधबार हवाई साधनमार्फत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको छ ।
यस वर्षको सफा हिमाल अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलोग्राम फोहोर, ४ वटा मानव शव तथा केही मानव अस्थिपञ्जर संकलन तथा व्यवस्थापन गरिएको छ ।
विश्व वातावरण दिवसमा समापन हुने अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहोर हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।




प्रतिक्रिया