कान्तिपुरका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा

कान्तिपुरका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा भएका छन् ।

नागरिक सम्बन्धी कसूरमा जिल्ला अदालत धनुषाको आदेशले पक्राउ परेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि काठमाण्डु ल्याइएको थियो ।

जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका सिरोहियालाई मंगलबार काठमाण्डु ल्याइएको थियो ।

सरकारी वकिलको कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई हाजिरी जमानीमा रिहा गरेको छ । अनुसन्धानका लागि आवश्यक परेको बेला उपस्थित गराउनुपर्ने शर्तमा उनलाई छाडिएको छ ।