काठमाण्डु- नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार डीआईजीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
जसअनुसार विशेष ब्यूरोमा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । यता कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्यलाई भरतपुरस्थित प्रहरी शिक्षालयमा पठाइएको छ । त्यस्तै अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
साथै नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । त्यस्तै डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, डा. मनोज केसीलाई विशेष ब्यूरोमा, राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।






प्रतिक्रिया