यसकारण राखियाे रवि लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

यसकारण राखियाे रवि लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा राखिएको छ । लामिछानेलाई पदबाट हटाउन माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट हेर्न नमिल्नेमा राखिएको हो ।

रिटको पेशी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेपछि हेर्न नमिल्ने भएको जनाइएको छ । यसअघि हिजो पनि यो रिट न्यायाधीश सुनिलकुमार पोखरेलकै इजलासमा परेकोले हेर्न नमिल्ने थियो । तर, रिट दायरकर्ताले नै स्थगित गर्न माग गरेपछि सुनुवाई भएन ।

न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानूनी सल्लाहकार थिए । यही कारण ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का कारणले रिट हेर्न नमिल्ने भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले लामिछाने पदमा रहेकै अवस्थामा सहकारीको रकम अपचलनको अनुसन्धान गरिँदा लामिछानेले अनुचित प्रभाव पार्न सक्ने दाबीसहित अनुसन्धान चलिरहँदा उनलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।