बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – जिल्लाको दुल्लु नगरपालिका–१२ दहसुनार टोल बस्ने ६१ वर्षीय मनबिरे सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय गणेश सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले जेठ १ गते राति ढुंगा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनबिरेको दुल्लु अस्पताल दैलेख हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।