मा‌‍ओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

मा‌‍ओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा जारी छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारको बजेट लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका दलका नेता पुष्पकमल दाहालले संसदीय दलको बैठक बोलाएका थिए ।

त्यस्तै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटको छलफलमा कसरी भाग लिनेबारे पनि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रतिनिधि सभाको बैठक बजेटमाथिको छलफल सुरू गर्न आइतबार बोलाइएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ।