काठमाण्डु- कानुन बमोजिम हतियार इजाजत प्राप्त गरे पनि यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान सरकारले निषेध गरेको छ ।
सरकारले प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरी निषेध गरेको गरेको हो ।
यात्रा अनुमति प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
हातहतियार खरखजाना ऐन-२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग यात्रा अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ,‘प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने ।’




प्रतिक्रिया