काठमाण्डु- नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवाका लागि श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नान्तीराम गुरुङलाई सिफारिस गरिएको छ ।





प्रतिक्रिया