काठमाण्डु- नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्तामा भए–नभए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नु पर्नेमा जोड दिएकी छन् ।
कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्नेमा जोड दिइन् ।
‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला, कहिले सत्तामा होला, कहिले सडकमा होला, संग्रौलाले भनिन्, ‘तर, जहाँ भए पनि जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्छ ।’
कांग्रेस जनताको केन्दविन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्ने पनि उनले बताइन् ।
‘जनताको केन्द्रविन्दु बन्न सकेन भने २१ औँ शताव्दिको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी-जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन् ।




प्रतिक्रिया