मधेश सरकारबाट समाजवादी बाहिरिदै

मधेश सरकारबाट समाजवादी बाहिरिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अल्पमतमा परेको मधेश प्रदेश सरकारबाट समाजवादी पार्टी बाहिरिने भएको छ । समाजवादी पार्टीबाट मन्त्री रहेका २ जनाले आइतबार राजीनामा दिने तयार गर्दैछन् ।

जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । यादव नेतृत्वको सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी समाजवादीले गरेको हो ।

मधेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र यसअघि नै बाहिरिसकेका छन् । समाजवादीले पनि सरकार छाडेपछि यादव थप संकटमा पर्नेछन् । उनले जेठ २९ गतेभित्र विश्वासको मत लिने तयारी पनि गरेका छन् । तर, अहिलेको समीकरणमा उनले विश्वासको मत पाउने सम्भावना छैन् ।

एमाले र माओवादीबीच भएको सहमतिअनुसार नयाँ सरकार गठनका लागि जनमत पार्टीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नेछ । मधेश सरकारको नेतृत्व पाउने भएपनि जनमतले कसलाई मुख्यमन्त्री बनाउनेबारे अझै निर्णय गर्न सकेको छैन ।

जनमतको मधेस प्रदेश संसदीय दलको नेता महेश यादव हुन् भने प्रदेश सभामा सांसद रहेका चन्दन सिंह केन्द्रीय महासचिव हुन् । अध्यक्ष राउतले पहिलो चरणमा सिंहलाई मुख्यमन्त्रीमा अघि सार्ने र यादवलाई राम्रो मन्त्रालय दिने तयारी गरेका छन् ।

१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ । जनमतको नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउन लोसपाको पनि साथ जरुरी देखिन्छ । लोसपाका ८ सांसद छन् । एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ९ जना सांसद छन् । एकीकृत समाजवादीका ७ सांसद छन् ।