कांग्रेसले माग्यो गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ

कांग्रेसले माग्यो गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग गरेको छ ।

जेठ ६ गतेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले थापासहितका कांग्रेस नेताहरूलाई लक्षित गर्दैविदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए । कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले कि त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने, कि अभिव्यक्तिको जिम्मा प्रधानमन्त्री दाहालले लिनुपर्ने बताएका हुन् ।

आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् ।

‘कि प्रधानमन्त्रीले वन गर्नुस् (स्वामित्व लिनुस्) । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’