बजेट तुलनात्मक रूपमा सन्तुलित छ : पौडेल

बजेट तुलनात्मक रूपमा सन्तुलित छ : पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा पेस गरेको बजेट सन्तुलित भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट तुलनात्मक रूपमा सन्तुलित आएको बताए । उनले स्रोतको प्रबन्धको अभिभारा सजिलो नभएको तर, अर्थमन्त्रीले चुनौती उठाउन खोजेको उल्लेख रे । “अर्थमन्त्री आफैँले चुनौती सिर्जना गर्ने र त्यसको सामना गर्ने अठोट लिनुभएको छ । बजेट निर्माणको यो एप्रोचलाई म राम्रो मान्दछु,’ पौडेलले भने ।

पौडेलले बजेट महत्वाकांक्षी नभइ उच्च महत्वाकांक्षी भएको उनको भनाइ छ । यस्तै, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउने बताए ।

पछिल्लो १५ वर्षमा मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउने गरी अर्थमन्त्रीले बजेट ल्याएको उनले बताए । बजेटमा केही कमी कमजोरी र कार्यान्वयनमा आशंका रहेको भन्दै उनले त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे । ‘४/५ वर्षयता बजेट लयमा हिँडेको थिएन, त्यसलाई लयमा ल्याउने काम यो बजेटले गर्‍यो’, उनले भने ।

चालु आर्थिक वर्षमा २० खर्बसम्मको बजेट आउने अपेक्षा रहेको भन्दै पौडेलले तर अर्थमन्त्रीले स्रोतमा ध्यान दिएर १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए । बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तुलनात्मक रुपमा सन्तुलित र सम्भव भएको पौडेलको भनाइ छ ।