काठमाण्डु- सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
विशेष अदालतले पूर्वसहसविच राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो। साथै २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना असुल हुने फैसला विशेषले गरेको थियो।
सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको हाे। २०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव थिइन्।




प्रतिक्रिया