प्रचण्डसँगको भेटवार्तापछि बजेटप्रति असन्तुष्टिबारे अध्यक्ष ओलीले के भने ?

प्रचण्डसँगको भेटवार्तापछि बजेटप्रति असन्तुष्टिबारे अध्यक्ष ओलीले के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीसँग छलफल गरेर ल्याएको भए बजेट थप राम्रो हुने बताएका हुन् ।

‘बजेटप्रति असन्तुष्टि होइन । तर छलफल गरेर ल्याएको भए झनै राम्रो हुन्थ्यो ।’, ओलीले भने । यसभन्दा अघि अध्यक्ष ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए । उनले ‘जनयुद्धकालीन बजेट’ भनेरसमेत आलोचना गरेका थिए ।

अध्यक्ष ओलीसहित एमालेका नेताहरुले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष ओलीले बजेटमा असन्तुष्टि नरहेको प्रतिक्रिया दिएका छन् ।