काठमाण्डु- चौधरी ग्रुपले गुणस्तरहीन वाइवाइ चाउचाउ बिक्री गरेको भेटाइएपछि बजार खस्किएको छ । पछिल्लो समय चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ चाउचाउको बजार खस्किएको हो ।
गत बैशाख १२ गते वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाण्डु महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक कम्पनी सीजी फूड्सको मातृ कम्पनी चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो।
गुणस्तर परीक्षणमा असफल भएको र जरिवाना गरिएको भेटाइएपछि चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउको बजार खस्किएको हो । चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एमजी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले जनाएको थियो ।
गुणस्तर परीक्षणमा असफल भएको र जरिवाना गरिएको पाइएपछि चौधरी ग्रुपले भ्रमपूर्ण हल्ला फैलाइएको भन्दै आफ्नो बदमासी ढाकछोप गर्दै आएको छ । पछिल्लो समय बजार खस्किएपछि चौधरी ग्रुपले वाइवाइ चाउचाउको बिक्री बढानउन फेरि बदमासी गरेकाे छ। जसअनुसार सिजी फुड्सले खस्किएको बजार उकास्न अमेरिकामा जारी टी-२० विश्वकपमा प्रत्येक रन, चौका, छक्का, अर्ध सतक, सतक र प्रत्येक जितका लागि नेपाली टोलीलाई पुरस्कार घोषणा गरेको हो।
साथै विश्वकपको सुपर-८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रत्येक रन बनाए बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने सीजी फुड्सले घोषणा गरेको छ।
आइतबारे संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिकामा छ । टी-२० मा समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले जुन ४ मा टी २० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।





प्रतिक्रिया