काठमाण्डु- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल औचित्यहीनजस्तो देखिएको बताएका छन् ।
सोमबार आर्थिक वर्षको बजेटमाथि आफ्ना धारण राख्न प्रतिनिधिसभाको रोस्टममा पुगेका केसीले छलफल नै औचित्यहीनजस्तो देखिएको बताएका हुन् । आफूहरुले बजेटबारे जस्तोसुकै सुझाव दिए पनि अर्थमन्त्रीले पेश गरेको बजेट जस्ताको त्यस्तै पारित हुने उनको भनाइ छ ।
‘हामी जति उफ्रिए पनि, सुझाव दिए पनि अर्थमन्त्रीले पेश गरेको बजेट एक सुका, एक आना हुनेवाला छैन । यहाँ जे आएको त्यै नै पारित हुने हो । यो छलफलको औचित्य लाग्न छाड्यो । यही छलफलको कुरा सुन्दा सुन्दा वाक्क लागेर म त एकछिन निदाएछु । संसद् बैठक रमाइलो छैन । दिक्क लाग्दो छ’, उनले भने ।




प्रतिक्रिया