कोसी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

कोसी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेस कोसी प्रदेश सभा बैठकमा सहभागी हुने भएको छ । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको दलका नेता उद्धव थापाले जानकारी दिए ।

थापाले विज्ञप्ति जारी गर्दै सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने कांगेस कोशी प्रदेशले संसदमा राख्दै आएको धारणा यथावत् रहेको बताए ।

यद्यपि अदालती प्रक्रियाबाट मुद्दा टुङ्ग्याउन समय लाग्ने देखिएको र प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवम् बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरू प्रदेश सभा मार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनी खबरदारी गर्नुपर्ने महत्त्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ,’ थापाले विज्ञप्तिमा लेखेका छन्, ‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ संकल्पका साथ संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।’

कांग्रेसले यसअघि प्रदेश सभा बैठक बहिस्कार गर्दै आएको थियो ।