बोटलर्स नेपालका अध्यक्ष वासनसहित १३ जनालाई अदालतमा उपस्थित हुन दोस्रो पटक सूचना जारी

बोटलर्स नेपालका अध्यक्ष वासनसहित १३ जनालाई अदालतमा उपस्थित हुन दोस्रो पटक सूचना जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोकाकोला नेपालको राजस्व छली मुद्दामा सम्पर्कमै नआएका बोटलर्स नेपालका अध्यक्ष शुक्ला वासन , प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित १३ जना पूर्व सञ्चालक तथा र व्यवस्थापकहरूमाथि उच्च अदालत पाटनले बेपत्ते तामेली सूचना गरेको छ ।

बोटलर्स नेपालका अध्यक्ष वासन, प्रबन्ध सञ्चालक पाण्डेसहित १३ जनाले अदालतको म्याद नबुझी फरार भएका थिए । ती १३ जनाले अदालतको म्याद नबुझी फरार भएपछि ३० दिनभित्र अदालतमा उपस्थित हुनुभन्दै उच्च अदालतले दोस्रो पटक सूचना जारी गरेको हो ।

अबको ३० दिनभित्र पनि उपस्थित नभएपछि कानुन बमोजिम उक्त मुद्धा अगाडि बढ्ने जनाइएको छ । दोस्रो पटक म्याद जारी हुनेमा बोटलर्स नेपाल लिमिटेडका तत्कालीन अध्यक्ष शुक्ला वासन, सञ्चालकहरू मेल्भिन तन छुन पिन , मोहमद घोनिम, गौरव घोसला, संदीप बजोरिया, देबब्रत मुखर्जी, सुमन्त दत्त, प्रदीप पाण्डे, पुनिन चन्द्रपाल वार्शने र सुमित गोयल छन् ।

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडकी अध्यक्ष शुक्ला वासनसहित ९ जना पूर्व र वर्तमानमा सञ्चालक, प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित ८ जना पदाधिकारीलाई प्रमुख प्रतिवादी बनाउँदै गत २०७८ फागुन २७ गते राजस्व चुहावटमा मुद्दा दायर गरेको थियो ।

बोटलर्स नेपालको सञ्चालक समितिको अध्यक्ष शुक्ला वासन सन् २०१४ मा कम्पनीको स्वामित्व किनबेच हुँदादेखि नै बोटलर्स नेपालको अध्यक्ष रहँदै आएकी थिइन ।